खोजखबर

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

सौर्य अनलाइन २०७८ असोज १० गते १६:५१ मा प्रकाशित

लहान । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार नगरपालिका– ३ स्थित गागन खोला पुलमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ६ ख १३१ नम्बरको ट्रकले विपरीत दिसातर्फ जाँदै गरेको स ७ प ९१८५ नम्बरको मोटरसाइकललाई आज बिहान ठक्कर दिँदा मोटरसाइकलमा सवार सप्तरीको कञ्चनरुप नगरपालिका–७ का ३० वर्षीय अभिशेक कटुवाल र ३७ वर्षीय अच्युत लुइँटेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्रकको ठक्करबाट गम्भीर घाइते कटुवालको उपचारका क्रममा लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा र लुइँटेलको विराटनगरमा मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए । ठक्कर दिने ट्रक र त्यसका चालकलाई नियन्त्रणमा लिएको र घटनाबारे थप अनुन्धान भइरहेको उनले बताए ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय