कक्षा १२ को नतिजा तिहारपछि सार्वजनिक गर्ने परीक्षा बोर्डको तयारी

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ परीक्षाको नतिजा तिहारपछि मात्र सार्वजनिक गर्ने जनाएको छ । बोर्डका अध्यक्ष प्रा. डा चन्द्रमणि पौडेलले तिहारपछि नतिजा प्रकाशित गर्ने योजनासहित उत्तरपुस्तिका परीक्षणको काम सुरु गरेको बताए ।

कोरोना भाइरसका कारण रोकिएको परीक्षा गत भदौ ३० गतेदेखि सुरु भई गत शुक्रबार सकिएको थियो । उत्तरपुस्तिका परीक्षण सुरु भएको र तिहारपछि नतिजा सार्वजनिक गर्ने लक्ष्य रहेको पौडेलले जानकारी दिए ।

सम्भवतः सबै उत्तरपुस्तिका जाँच गर्ने काम सकिएमा कात्तिक महिनाभित्रै नतिजा सार्वजनिक गरिने उनको भनाइ छ । करिब ४ लाख विद्यार्थीले कक्षा १२ को परीक्षा दिएका छन् ।

प्रतिक्रिया