ज्योतिप्रकाशको संगीतमा ‘दिलमा सजाउन छोडेँ’

काठमाडौं । गायक एवं संगीतकार ज्योतिप्रकाशले संगीत भरेको ‘दिलमा सजाउन छोडेँ’ नामक गीतको भिडियो सार्वजनिक भएको छ । प्रविण बेडवालले आवाज दिएको गीतमा डाक्टर बिपी भुसालले शब्द लेखेका छन् भने मन्धर सुनामको संगीत संयोजन रहेको छ ।

उक्त गीतको भिडियोमा बेनिश थापाको निर्देशन रहनुका साथै राज पोख्रेलले खिचेका हुन् । त्यस्तै, भिडियोमा मनोज वली, प्रिती श्रेष्ठ, सुरज कपली, आकाश गहतराज, महीमा भुजेल र समुन्द्र कार्कीले अभिनय गरेका छन् ।

शिलन लम्सालले सम्पादन गरेको उक्त भिडियोलाई ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । माया प्रेमका विभिन्न प्रसंगलाई गीतको शब्दका भावनामा उठान गरिएको संगीतकार ज्योतिप्रकाशले बताए ।

लामो समयदेखि सांगीतिक क्षेत्रमा क्रियाशिल गायक एवं संगीतकार ज्योतिको आफ्नै आवाज र संगीतमा यसभन्दा अघि पनि थुप्रै गीतहरु बजारमा आइसकेका छन् । साथै, उनले विभिन्न म्युजिक अवार्डहरु पनि प्राप्त गरेका छन् ।

प्रतिक्रिया