कालिकोट । बुढापाका नेताहरुले कुर्सी र ठाउँ नछोड्ने पुरानो चलन पछिल्लो समयमा हट्दै गएको छ । युवाको हातमा राजनैतिक अवसर दिने चलन कालिकोटमा सुरु भएको छ । जिल्लाको महावै गाउँपालिकामा २४ वर्षिय युवक भुपेन्द्र शाही राप्रपाको गाउँपालिका अध्यक्षमा निर्वाचित भएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा युवाहरुको सहभागिता र आकर्षण पछिल्लो समय बढ्दो छ । राप्रपाभित्र देखिएको नयाँ तरंग अनुरुप २४ वर्षीय युवा कालिकोट जिल्लाको महावै गाउँपालिका अध्यक्ष जस्तो गरिमाय पदमा निर्वाचित भएका छन् ।
राप्रपाको जारी अधिवेशनकै क्रममा विद्यार्थी युवा नेता शाही उक्त गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएसँगै पार्टी सदृढिकरणका लागि आफू प्रतिबद्ध रहेको बताएका छन् । ‘पार्टीले दिएको जिम्मेवारी प्रति पूर्ण प्रतिवद्ध रहेर क्रियाशील रहने छु,’ शाहीले भने, ‘राष्ट्रवादी पार्टीको रुपमा राप्रपा नै देशको आवश्यकता हो, यही यथार्थप्रति युवा पुस्ता विश्वस्त छन् ।’
आगामी चुनावमा कालिकोटको स्थानीय तहमा राप्रपाले पनि आफ्नो सिट सुरक्षीत गर्ने उनको भनाई छ । १४ वर्षको उमेरदेखि राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनमा क्रियासिल शाही विद्यालय व्यवस्थापन समितिको अध्यक्षसँगै जिल्ला उपाध्यक्ष भएर केन्द्रिय सदस्य हुँदै राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका हाल केन्द्रिय प्रवक्तासमेत शाही रहेका छन् ।
गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएसँगै उनले आफ्ना भातृ संगठनहरु बलियो बनाउनेतर्फ लाग्ने बताए ।
कालिकाेट
प्रतिक्रिया