दैलेखमा देउवा पक्ष बलियो

दैलेख । जिल्लाका एघार स्थानीय तहमध्ये पाँच वटा पालिकाको नेपाली कांग्रेस १४औं महाधिवेशनको निर्वाचन परिणाम सार्वजनिक भएको छ । निर्वाचन परिणामले दैलेखमा देउवा पक्ष बलियो हुने देखिएको छ । शनिबार भएको चुनावि मैदानमा नारायण नगरपालिकामा २ जनाको कडा प्रतिस्पर्धा भएकोमा देउवा समूहका मनोज थापा विजयी बनेका छन् । उनले पौडेल समूहका सुवास थापालाई पराजित गरेका हुन् ।

नौमुले गाउँपालिकामा गंगबहादुर शाहीले वाजी मारेका छन् । गंगबहादुर शाही, मोतिलाल बस्नेत र कर्णबहादुर खत्रीले सभापतिमा दावी गरेका थिए । चामुण्डाविन्द्रासैनीमा जगतबहादुर शाहीले निर्वाचन आफ्नो पोल्टामा पारेका छन् । उनले पौडेल समूहका जोगी शाहीलाई पराजित गरेका हुन् । डुंगेश्वर गाउँपालिकामा पनि देउवा पक्षका भीमबहादुर भट्ट विजयी भएका छन् । उनले गंगबहादुर खत्रीलाई परािजित गरेर सभापतीमा विजयी भएका हुन् ।

यस्तै दुल्लु नगरपालिकामा देउवा पक्षकै लालबहादुर रावत सभापति भएका छन् । यहाँबाट जिल्ला सभापतिमा दावेदारका रुपमा हेरिएका घनश्याम भण्डारी चुनाव लडने भएका कारण यहाँ सहमतिमै नेतृत्व चयन भएको हो । यद्यपी आधिकारिक रुपमा घोषणा हुन भने बाँकी रहेको दुल्लु नगरपालिकाका नगरप्रमुख घनश्याम भण्डारीले जानकारी दिए ।

दैलेखका वाँकी स्थानीय तहमा सर्वसम्मत नेतृत्वको पहल भइरहेको कांग्रेस दैलेखले जनाएको छ । सबै वडा तहमा सहमतिबाट वडा सभापति छानेको काँग्रेसले केही पालिकामा भने चुनाव गराएको छ । केही स्थानीयतहमा अधिवेशन हुन बाँकी रहेकोले सहमतीको प्रयास भैरहेको काँग्रेसको भनाइ छ ।

प्रतिक्रिया