दैलेखका पाँच पालिकामा कांग्रेसको अधिवेशन सम्पन्न

दैलेख । दैलेखका पाँच पालिकाहरुमा नेपाली काँग्रेसको अधिवेशन सम्पन्न भएको छ । भदौ १८ गतेबाट सुरु भएको नेपाली काँग्रेसको आसन १४ औँ अधिवेशनका लागि जिल्लाका ९० वडाहरूबाट करिब १५ सय बढि प्रतिनिधि चयन गरेको छ । ११ स्थानीय तहका सबै वडाहरूमा सर्व सहमतिमा प्रतिनिधि छनोट गरेको कांग्रेसले कुनै पालिकाम पनि सर्बसम्वत प्रतिनिधि छनोट गर्न नसके पछि शनिबार ५ वटा पालिकामा चुनाब भएको नेपाली काँग्रेस दैलेखले जनाएको छ ।

जिल्लाका ११ पालिका स्तरीय सभापतिका लागि २२ भन्दा बढी नेताहरूको आकाङ्क्क्षी रहेको थियो । प्राय पालिकामा २ देखि ४ जना सम्म आकाङ्क्क्षी भए पनि सबैलाई मिलाउन नसक्दा चुनाब गर्नुपर्ने स्थीति आएको छ । काग्रेस दैलेखले कुनै पनि स्थानिय तहहरुमा सभापति सर्वसम्वत चयन गर्ने नसकेकाले आउँदादिनमा हुने चुनाबको लागि झनै चुनौती थपीएको पत्रकार महाँसंघ दैलेखका सचिब भक्त बहादुर साहीले सामाजिक संजालमा लेखेका छन् । उनका अनुसार पार्टीमा गुट उपगुट भएकै कारण नगरमा सर्वसम्वत प्रतिनिधि चयन गर्ने कठिनाइ भएको हो ।

नेपाली काँग्रेसको १४ औँ महाधिबेशन अन्तर्गत रहेको पार्टीको दोस्रो चरणको निर्वाचन अन्तर्गत जिल्लाका नगर तथा गाउँपालिका स्तरिय निर्वाचन शनिबार सम्पन्न भएको छ । ११ वटा स्थानिय तह रहेको जिल्लामा नारायण नगरपालिका, डुङ्गेश्वर गाउँपालिका नौमुले गाउँपालिका, ठाटिकाँध गाउँपालिकामा चामुण्डाविद्रासैनी नगरपालिकामा अधिबेशन सम्पन्न भईसकेको छ ।

निर्वाचन हुन बाकि रहेका अन्य पालिकामा भने आइतबार निर्वाचन हुने नेपाली काग्रेस दैलेखका पार्टी सभापति कृष्ण कुमार बिसीले बताए । काँग्रेसको केन्द्रिय कार्यसमितिको निर्णय अनुसार देशभर पार्टीको निर्वाचन एकैै समयमा गर्ने कार्यतालिका अनुसार अधिवेशन भइरहेको छ । देशका धेरै जिल्लामा वडा अधिबेशन समेत हुन नसकिरहेको अवस्था रहेपनि दैलेखमा भने केन्द्रले तोकेको समयमा वडा अधिबेशन देखि पालिकाको अधिबेशन सम्पन्न गर्ने लक्ष्य अनुसा अगाडि बढिरहेको पार्टीका क्षेत्रिय सभापति गणेश उपाध्यायले जानकारी दिए । उनले भने शनिबार सम्पन्न निर्वाचनको मतगणना शुरू भईरहेको र निर्वाचन सम्पन्न भएका पालिकाको मतपरिणाम आइतबार विहाना सम्म आउने छ ।

प्रतिक्रिया