सिनेमा बनाउँदै रोहित

काठमाडौं । निर्माता रोहित अधिकारी कलाकार दीपकराज गिरी र दीपाश्री निरौलासँग मिलेर नयाँ चलचित्रको निर्माणको तयारीमा जुटेका छन् । गिरी र दीपाश्रीको टिमसँग मिलेर ‘छ माया छपक्कै’ निर्माण गरेका निर्माता रोहितले नयाँ चलचित्रको बनाउन लागेका हुन् । अहिले चलचित्रको स्क्रिप्ट लेखन कार्य भइरहेको छ । रोहितका अनुसार स्क्रिप्टको काम छिट्टै सकिए दशैं र तिहारको बीचमा छायांकन सुरु गरिने छ ।

उनले नाम चलेकै निर्देशक लिएर चलचित्र बनाउन लागेको जानकारी दिए । केही दिनपछि औपचारिक कार्यक्रम गरी निर्देशक र अन्य टिमको नाम सार्वजनिक गरिने रोहितले सुनाए । कोरोनाका कारण लगाइएको बन्दाबन्दी तथा निषेधाज्ञाअघि नै चलचित्रका विषयमा निरन्तर छलफल गरेको सुनाउँदै उनले कथा दीपकले मन पराएको बताए । रोहितले भने, ‘स्क्रिप्टको पखाईमा छौं । यो राम्रो भयो भने छिट्टै छायांकनमा निस्कन्छौ ।’ चलचित्र ‘गाजलु’ बाट यस क्षेत्रमा आएका रोहितले दोस्रो चलचित्र ‘द ब्रेक अप’ बनाएका थिए । त्यसपछि उनले दीपक दीपासँग ‘छ माया छपक्कै’ मासहकार्य गरेका थिए ।

प्रतिक्रिया