खोजखबर

माधव नेपालसँग प्रचण्डको भेट, सरकारमा सहभागि हुन आग्रह

सौर्य अनलाइन २०७८ साउन १७ गते १२:१५ मा प्रकाशित

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग आइतवार भेटवार्ता गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारको तयारी गरिरहेको समयमा प्रचण्डले नेपालसँग भेटवार्ता गरेका हुन् । नेता नेपाललाई भेट्न प्रचण्ड नेपालको निवास कोटेश्वर पुगेका थिए । उनीहरूबीच आइतवार बिहान १० बजेपछि झण्डै एक घण्टा छलफल भएको थियो । प्रचण्डले सरकारमा सहभागिताका लागि नेता नेपालसँग आग्रह गरेका थिए ।

यसअघि प्रचण्डले माओवादी स्थायी कमिटीको बैठकमा नेता नेपाल पक्ष सरकारमा सहभागी हुने दाबी गरेका थिए । माधव नेपाल समूहका सांसदहरूको भेलामा मेटमणि चौधरी, विरोध खतिवडालगायतले सरकारमा सहभागी हुनुपर्ने धारणा राखेका थिए । पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको बेला एमाले स्थायी कमिटीको बैठक आइतवार बस्दैछ । दिउँसो ३ बजे बस्ने बैठकमा माधव नेपाल पक्ष सहभागी हुने नहुने अन्योल छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय