निरा र सलिनाको सहकार्यमा तीज गीत ‘माइतीको धुरी’

काठमाडौं । गायिका निरा छन्त्याल र सलिना नेपालीले सहकार्य गरेर ‘माइतीको धुरी’ बोलको तीज गीत ल्याएका छन् । प्रकाश पराजुलीको शब्द रचना र संगीत रहेको उक्त गीतमा गायिका छन्त्याल र सलिनाको युगल आवाज रहेको छ भने उनिहरुलाई अन्य गायिका मिना श्रीष र सिता थापाले ग्रुपमा रहेर आवाजमा साथ दिएका छन् ।

विश्वास नेपालको गीतमा संगीत संयोजन रहेको छ । त्यस्तै उक्त गीतको भिडियोमा राजकुमार मगरको निर्देशन रहेको छ भने प्रकाश खड्काले खिचेका हुन् । त्यसैगरी भिडियोमा मोडल बबिन सिंह गकुरी, प्रकाश दुरा, सोही गीतकी गायिका निरा छन्त्याल र सलिना नेपालीले अभिनय गरेका छन् । गायिका छन्त्यालकै आफ्नो युट्युब च्यानलमार्फत उक्त भिडियो सार्वजनिक गरिएको छ ।

हिन्दु नारीहरुको महान पर्व हरितालीका तीज नजिकिँदै गरेको अवस्थामा विभिन्न चेली दिदीबहिनीको बेदनालाई समावेश गरेर गीत ल्याएको गायिका सलिनाले बताइन् । मौलिक लोक संस्कृतिको मान मर्यादामा पनि यस गीतले सहयोग पुर्याउने पुर्याउने आफूहरुले अपेक्षा गरेको उनको भनाइ छ ।

प्रतिक्रिया