काठमाडाैं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज देशव्यापी विरोध प्रदर्शन गर्दैछ । भारतीय सुरक्षा बल एसएसबीले तुइन खोलेका कारण दार्चुलाका जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएको घटनाको विरोधमा आज दिउँसो ३ बजे विरोध प्रदर्शन गर्ने भएको हो । साथै साउन १८ गते दिउँसो २ बजे देशभर विरोध सभा गर्ने नेपाल कम्युनिस्ट पार्टीले जनाएको छ ।
विज्ञप्ति जारी गर्दै पार्टीले घटना मानवता, जनअधिकार एवं स्वतन्त्रता र राष्ट्रिय स्वाधिनता प्रवद्र्धनको दृष्टिकोणले गम्भीर, अक्षम्य र निन्दनीय रहेको बताएको छ । साथै घटनाको छानबिन गरी सत्यतथ्य जनता सामु सार्वजनिक गर्न पनि सरकारसँग माग गरिएको छ ।
‘तुइन घटनाको वास्तविक छानबिन, दोषीमाथि कडा कारवाही, पीडितलाई न्याय र भारतीय शासकहरूको हस्तक्षेपकारी रवैयाका विरुद्ध देशव्यापी संघर्षमा उत्रिन पार्टीपंक्ति र आमनेपाली जनतामा हाम्रो पार्टी जोडदार आह्वान गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।
प्रतिक्रिया