विश्व

चीनमा भवन भत्किँदा १७ जनाको मृत्यु

सौर्य अनलाइन २०७८ असार ३० गते १२:४७ मा प्रकाशित

काठमाडौं । चीनको सुजो शहरमा एक भवन भत्किँदा १७ जनाको मृत्यु भएको छ । ३६ घण्टासम्म भएको ‘सर्च अपरेसन’ पछि भवनको भग्नावेशमा उद्धारकर्ताले २३ जनालाई भेटेका थिए। जसमा ६ जनामात्रै जीवित रहन सके ।

ग्लोबल टाइम्सका अनुसार भवनका मालिककले भवनको संरचना परिवर्तन गरेकोले घटना घटेको हो। केही वर्षयता उक्त भवनमा पुनर्निर्माणको काम हुँदै आएको थियो । ३ तलाको भवनमा पछिल्लो समय तला थप्ने काम हुँदै आएको थियो । सरकारी अधिकारीहरुले घटनाको अनुसन्धान भइरहेको र दोषीलाई कारवाही हुने बताएको छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय