दक्षिणकालीमा मृत अवस्थामा भेटिएकी सन्तोषीको हत्या अभियोगमा एक युवक पक्राउ

काठमाडौं । मंगलवार काठमाडौंको दक्षिणकाली मन्दिर नजिकै रहेको पार्किङ क्षेत्रमा मृत अवस्थामा भेटिएकी महिला सन्तोषी सुब्बाको हत्या अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले कमलाक्षीबाट ती सुवास तिमल्सिनालाई नियन्त्रणमा लिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

मंगलवार दिउँसो करिब ३ बजेतिर शव भेटिएपछि महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको थियो। ट्वाइलेटभित्र अर्धनग्न अवस्थामा उनको शव फेला परेको थियो ।

सन्तोषी कालोपुलमा धर्म बुबा भनिने धर्मबहादुर तामाङसँग बस्दै आएकी थिइन्। तामाङले ३/४ दिनदेखि उनी सम्पर्कमा रहरेको प्रहरीलाई जानकारी दिएका थिए ।  सन्तोषी विभिन्न चराको आवाज निकाल्न सक्थिन् । उनले ६५ भन्दा बढी चराको आवाज निकाल्थिन्। महिलाको शव नचिनिने अवस्थामा थियो। अनुहारमा केहीले प्रहार गरेको जस्तो देखिएको थियो।

प्रतिक्रिया