केसी ग्रुपद्वारा खाद्यान्न सहयोग

काठमाडौ । केसी ग्रुप ग्रुप अफ कम्पनीजले कोभिड–१९ ले निम्त्याएको निषेधाज्ञाका कारण हातमुख जोड्न सकस भएका १८ परिवारलाई राहत वितरण गरेको छ । पोखरा १७, डेभिज फल्समा रहेको रहेको डेभिज क्लबको समन्वयमा ग्रुपका प्रबन्ध निर्देशक किरण केसीले ज्यालादारीबाट जीवन गुजारा गर्ने परिवारका सदस्यहरुलाई राहत वितरण गरेका हुन ।

कम्पनीले स्थानीय क्लब तथा समूहको सिफारिसमा विभिन्न ठाउँमा राहत वितरण गर्दै आइरहेको छ । केसी ग्रुप दक्षिण एसियाकै चर्चित रारा चाउचाउ उत्पादनदेखि जलविद्युत, निर्माण क्षेत्रमा क्रियशील रहेको छ ।

प्रतिक्रिया