खोजखबर

देशका धेरै स्थानमा पानी पर्ने सम्भावना

सौर्य अनलाइन २०७८ जेठ २८ गते १०:५९ मा प्रकाशित

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले विहान देशभर सामान्य बदली रही देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ । आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागको भनाइ छ । प्रदेश १, वाग्मती प्रदेश, लुम्विनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

विभागका अनुसार आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश २, वाग्मती प्रदेश, लुम्विनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।

यसैबीच, काठमाडौंमा आज दिउँसो मेघगर्जनसहित वर्षाको सम्भावना रहेको छ । काठमाडौंको आजको अधिकतम तापक्रम २९ देखि ३१ डिग्री सेल्सियससम्म रहने छ । बंगालको खाडी आसपास विकसित हुने क्रममा रहेको न्यून चापीय क्षेत्र)का कारण नेपालको पूर्वी भू–भागबाट मनसुनको आगमन हुने क्रममा रहेको बताइएकाे छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय