‘सरकारले मेरो बाँकी करमा ब्याज लिइरहेको छ, यो कदमलाई पनि म स्वागत गर्दछु’

मुम्बई । बलिउड अभिनेत्री कंगना रनौतले आफू भारतमा सबैभन्दा बढी कर तिर्ने अभिनेत्री भएको दाबी गरेकी छिन् । तर, पछिल्लो समय कर तिर्न नसकेको दुखेसो पनि पोखेकी छिन् । अघिल्लो आधा वर्षदेखिको कर तिर्न कंगना असमर्थ रहेको इन्डियन एक्सप्रेसले उल्लेख गरेको छ । यद्यपि, बाँकी करमा सरकारले ब्याज लगाए पनि कुनै आपत्ति नभएको उनले बताएकी छिन् ।

इन्स्टाग्राम स्टोरीमा कंगना लेख्छिन्, ‘म मेरो कमाइको अधिकतम ४५ प्रतिशत कर तिर्छु र म सबैभन्दा धेरै कर तिर्ने अभिनेत्री हुँ । तर, कामहरु ठप्प भएका कारण गत वर्षको आधा कर तिर्न सकिरहेको छैन । मेरो जीवनमा पहिलोपटक यस्तो भएको छ ।”

कंगना अगाडि लेख्छिन्, ‘कर तिर्न म ढिला भइसकेँ, तर सरकारले मेरो बाँकी करमा ब्याज लिइरहेको छ, यो कदमलाई पनि म स्वागत गर्दछु ।’ कंगना बायोपिक चलचित्र ‘थालावी’ रिलिजको प्रतीक्षामा छिन् । यसका साथै ‘तेजस’, ‘मणिकर्णिका रिटन्स ः द लिजेन्ड अफ डिडा’ र ‘धाकड’लगायत चलचित्र उनको पेन्डिङ लिस्टमा छन् ।

प्रतिक्रिया