राष्ट्रपति भण्डारीद्वारा स्वास्थ्यकर्मीको सुरक्षासम्बन्धी अध्यादेश जारी

काठमाडौं । स्वास्थ्यकर्मीको सुरक्षासम्बन्धी अध्यादेश जारी भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी अध्यादेश जारी गरेको स्रोतले जनाएको छ ।

आज मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयले जनाएको हो ।

पछिल्लो समय कोरोनाको महामारीमा संक्रमित बिरामीको उपचारमा खटिँदै आएका धेरै स्वास्थ्यकर्मीमथि दुर्व्यवहार भएपछि विभिन्न निकायले स्वास्थ्यकर्मीको सुरक्षामा ध्यान दिन सरकारसँग माग गर्दै आएका थिए ।

प्रतिक्रिया