अभिनेत्री यामी गाैतमले गरिन् विवाह

मुम्बई । कोरोना महामारीबीच पनि बलिउड अभिनेत्री यामी गौतमले विवाह गरेकी छन् । यी अभिनेत्रीले आफू दाम्पत्य जीवनमा बाँधिएको भन्दै इन्टाग्राममार्फत पतिसँग विवाहको तस्बिर सार्वजनिक गरेकी छन् । यी अभिनेत्रीले फिल्म निर्देशक आदित्य धरसँग विवाह गरेकी हुन् । निर्देशक आदित्यले पछिल्लोपटक उरी भन्ने फिल्मको निर्देशन गरेका थिए । उनको निर्देशनमा नयाँ फिल्म द इमोर्टल आश्वत्थामा रिलिज हुँदै छ । अभिनेत्री यामी र निर्देशक आदित्य केही समय यताबाट प्रेम सम्बन्धमा रहेको चर्चा चल्दै आएका थिए ।

तर, यी दुई सिनेकर्मीले त्यो चर्चालाई अश्वीकार गर्दै आएका थिए । अहिले पारिवारिक जमघटबीच सुटुक्क विवाह गरेर तस्बिर सार्वजनिक गर्दै यामी र आदित्यले सबैलाई चकित तुल्याएका छन् । दाम्पत्य जीवनमा बाँधिएका यी जोडीलाई अहिले बधाइको ओइरो लागेको छ । आफूहरूले जीवनको नयाँ यात्रा सुरु गरेको यामीले बताएकी छन् । यो अवस्थामा आफूहरूलाई बधाई दिनेलाई उनले धन्यवाद ज्ञापन गरेकी छन् । यामीले अभिनय गरेको नयाँ फिल्म भूत पुलिस अहिले रिलिजको तयारीमा छ । जसमा सैफ अली खान, फतिमा सना शेख, ज्याक्लिन फर्नान्डिजको पनि मुख्य भूमिका रहेको छ ।

प्रतिक्रिया