सातै प्रदेशमा महासंघको सञ्जाल परिचालित

काठमाडौ । नेपाल उदोग बाणिज्य महासंघले सातै प्रदेशका सदस्य उद्योग वाणिज्य संघका पदाधिकारीसंग जारी बन्दाबन्दी र निशेधाज्ञाले उद्योग व्यवसायमा पारेको असरका विषयमा टेलिफोन सम्वाद मार्फत मुलुकभर करिव ६८ देखि ७० प्रतिशत उद्योग व्यवसाय कोभिडका कारण प्रत्यक्ष प्रभावित भएको सुचना संगै सातै प्रदेशमा मंगलबार देखी सातै प्रदेशमा सहयोगको लागि आफनो संजाल परिचालन गरेको छ ।
महासंघका अनुसार प्रदेश १ मा ८२ दशलमव ७, गण्डकी प्रदेशमा ७५, बागमती प्रदेशमा ६९, २ नम्वर प्रदेशमा ६९, लुम्बिनी प्रदेशमा ६४ दशमलब ५, सुदूरपश्चिममा ५७ दशमलब ७, र कर्णाली प्रदेशमा ४५ दशलमव ५ प्रतिशत उद्योग व्यवसायमा असर परेको छ । कोभिडको दोस्रो लहरको महामारिका कारण १६ वैशाख देखि उपत्यका र त्यसअघि केही जिल्लाहरूबाट शुरू भएको लकडाउन र निशेधाज्ञा अहिले एक दुईवटा जिल्ला बाहेक सबैमा जारी रहेको छ ।

खाद्यान्न, स्वास्थ्यसंग सम्बन्धी, स्वास्थ्य तथा अत्यावश्यक वस्तु तथा सेवामा आधारित उद्योग व्यवसाय, पिउने पानी, कृषि बाहेक सबै क्षेत्रका उद्योग व्यवसाय यतिखेर ठप्प रहेका छन । पसलहरू विहान ३–४ घण्टा मात्र खुल्ने गरेका छन् । उद्योग व्यवसाय चलाउने लाखौं मानिसहरू घरभित्र थुनिएर बसेका छन् । यो बेलामा उद्योग व्यवसाय भन्दा पनि सामाजिक भावना अनुरूप आम नेपालीको स्वास्थ्य बचाउनु ठूलो भएको महासंघले जनाएको छ ।

आइशोलेशन निर्माण, संचालन, स्वास्थ्य सामग्रीहरूको व्यवस्था, अक्सिजन,कन्सन्ट्रेटर लगायतका अत्यावश्यक औषधिहरूको सहज आपूर्ति, अक्सिजन बैंकको स्थापना मार्फत अक्सिजन आपूर्ति, स्वास्थ्य सामग्रीहरू हस्तान्तरण, हेल्प डेस्क मार्फत महासंघम सहयोगमा जटेको हो । त्यस्तै स्वास्थ्य परामर्श, एम्बुलेन्स सेवामा सहजीकरण, विरामीलाई अस्पतालसम्म लैजान यातायातको समन्वय, वेड तथा भेन्टिलेटरको व्यवस्था, खाद्यान्न सामग्रीको वितरण तथा खाना खुवाउने प्रवन्ध, जनचेतना विस्तारमा निजी क्षेत्र खटिरहेको पनि महासंघले जनाएको छ ।

महासंघका केही सदस्य उद्योग वाणिज्य संघहरूले राहत कोषनै खडा गरी स्वास्थ सहयोग गरीरहेका र कतिपयले स्थानीय निकाय र अस्पतालसंग समन्वय गरी वेड विस्तार, आइसियू वार्ड निर्माण, कोरोना विशेष अस्पताल निर्माण, आइशोलेशन केन्द्र निर्माण तथा संचालन लगायतमा सहयोग गरीरहेको महासंघले जनाएको छ । विशेषगरी अधिकांशबाट अक्सिजनको व्यवस्थापन, अक्सिजन संकलन तथा वितरण, रेमडेसिभर लगायतका अत्यावश्यक औषधि तथा स्वास्थ्य सामग्रीहरूको संकलन तथा वितरणमा सहयोग रहेको एवं विहान बेलुका खान समस्या भएकालाई खाद्यान्नको जोहो गरिदिने देखि जनचेतना बिस्तारमा पनि संघहरूबाट सहयोग भैरहेको विज्ञप्तिमा उल्लेख छ ।

महासंघ आफैले काठमाडौं र ललितपुरमा तीनवटा आइशोलशेन संचालन गरि कोभिड संक्रमितहरूको उपचार, खाने बस्ने व्यवस्थाका लागि सहयोग गरिरहेको छ । यसका लागि महासंघले राहत कोषनै खडा गरेको छ । महासंघले क्षेत्रपाटीस्थित पुरानो गोरखा अस्पतालमा चलाएको आइशोलेशन केन्द्र अक्सिजन सहित चालु छ भने जैन निकेतन कमलपोखरी र अक्षेश्वर महाविहार ललितपुर अक्सिजनविनाको ड्राइ आइशोलेशका रुपमा चालु रहेका छन । सवै आइशोलेशन केन्द्रमा चौविसै घण्टा स्वास्थ्य चेकजांच तथा औषधिको प्रवन्ध सहितको व्यवस्था रहेको उस्ले जिकिर गरेको छ ।

महासंघको प्रदेश नम्वर १ ले कोरोना संक्रमणका कारण समस्यामा परेका उद्योगी व्यवसायीका परिवारको उपचार सहजीकरणका लागि समन्वय गर्न कोभिड क्राइशिस सपोर्ट ग्रुप खडा गरी सहयोग गरिरहेको छ । साथै ग्रुपले कोभिड खोपको प्राथमिकतामा औद्योगिक क्षेत्रमा काम गर्ने कामदार श्रमिकहरूलाई राख्न समेत सरकारसंग माग गरेको छ । उद्योगी व्यवसायीलाई खोपको प्राथमिकतामा राख्न र छिटो खोप ल्याउन महासंघको गण्डकी प्रदेशले अनुरोध गरेको छ । महासंघको प्रदेश नम्वर २, कर्णाली र सुदूरपश्चिम प्रदेशले जतिसक्दो छिटो खोप सर्वसुलभ बनाउनु पर्ने र यसका लागि खोप खरिदको जिम्मेवारी निजी क्षेत्रलाई दिनुपर्ने उस्को भनाई छ । लुम्बिनी प्रदेशले आम सर्वसाधारणलाई निःशुल्क खोपको व्यवस्था गर्न र उद्योगी व्यवसायीलाई सशुल्क खोपको प्रवन्ध गरिदिन सरकारसंग आग्रह गरेको छ ।

प्रतिक्रिया