प्लाष्टिकको पातलो झोला प्रयोग नगर्न आग्रह

काठमाडाैं । वातावरण विभागले आगामी १ साउनदेखि ४० माइक्रोनभन्दा पातलो प्लाष्टिकका झोला उत्पादन, बिक्री वितरण र प्रयोगमा प्रतिबन्ध लगाउने सरकारको निर्णय कार्यान्वयनका लागि आग्रह गरेको छ । सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत ४० माइक्रोनभन्दा पातलो प्लाष्टिकका झोला उत्पादन, बिक्री वितरण र प्रयोगमा प्रतिबन्ध लगाउने घोषणा गरेको थियो ।

विभागले सरकारको घोषणा कार्यान्वयनका लागि आग्रह गरेको हो । अब डिपार्टमेन्टल स्टोर, सपिङमल, व्यापारिक प्रतिष्ठानमा प्लाष्टिकको झोलाको सट्टा सूती, जुट वा कागजको झोला प्रयोग गर्न गर्नुपर्नेछ । सरकारले बजेट वक्तव्यमा ४० माइक्रोनभन्दा पातलो प्लाष्टिकका झोला वा सीट उत्पादन गर्ने उद्योगले पुरानो मेसिनको पाटपूर्जा प्रतिस्थापन गरी नयाँ जडान गरेमा थप लगानी बराबरको रकम पूजीगत अनुदान उपलब्ध गराउने घोषणा समेत गरेको छ ।

प्रतिक्रिया