‘फेरि पनि संसद्को चीरहरण गरियो, केपी ओलीको यो कदमको भर्त्सना गर्दछु’

काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले षड्यन्त्रकारीहरूको उक्साहट र चाहनामा फेरि पनि संसद्को चीरहरण भएको बताएका छन । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधी सभा भंग गरेर चुनाव घोषण गरेपछि नेता नेपालको यस्तो टिप्पणी आएको हो ।

उनले भने, ‘प्रतिगमन दोहोरिएको छ । संविधानका मर्ममाथि प्रहार गर्दै सर्वसत्तावाद लाद्ने उद्देश्यले भएको कथित चुनावको उदघोष जालझेल हो । यो व्यवस्था नै कू गर्ने अग्रसरता हो ।’ शीतल निवासले संविधानको मर्मलाई कुठाराघात गरेको उनको आरोप छ । नेता नेपालले यो कदमलाई प्रतिगमन भाग २ को संज्ञा दिएका छन । उनले भने, ‘केपी ओलीको यो कदमको भर्त्सना गर्दछु । यसको प्रतिवाद डटेर गर्न आह्वान गर्दछु ।’

प्रतिक्रिया