देउवा निवासमा राष्ट्रपतिविरुद्ध महाअभियोग बारे छलफल

काठमाडौं । पछिल्लो राजनीतिक घटनाक्रमले नेताहरुलाई सक्रिय बनाएको छ । बिहान पार्टी पदाधिकारी बैठक गरेका कांग्रेस सभापति शेरबहादुर देउवा अहिले शीर्ष नेताहरुसँगको छलफलमा जुटेका छन् । देउवा निवासमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपाल तथा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव छलफलमा जुटेका छन् ।

कांग्रेसले आफ्ना पदाधिकारीसँगको बैठक सकिएलगत्तै विपक्षी दलहरुसँग छलफल गर्न लागेको हो । प्रचण्डले राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउनेबारे सल्लाह भइरहेको बताएका छन् ।राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि विपक्षी दलहरुलाई आह्वान गरेकी छन् । यसबारेमा पनि छलफल गर्नका लागि देउवाको नेतृत्वमा भेला आयोजना गरिएको हो ।

प्रतिक्रिया