ललितपुर महानगरमा ‘भेरोसेल’ खोपको दोस्रो डोज लगाउने मिति तय

ललितपुर । ललितपुर महानगरपालिकाले चिनियाँ खोप ‘भेरोसेल’ दोस्रो डोज लगाउने भएको छ । ललितपुर महानगरले जेठ ६ गते देखि २५ देखि २८ चैतसम्म पहिलो डोज लिएकालाई दोस्रो डोज दिने भएको हो । जिल्ला खोप समन्वय तथा अनुगमन समितिको शुक्रबारको निर्णयअनुसार ललितपुर महानगरले खोप लगाउने मिति तय गरेको हो । महानगरकाअनुसार २९ देखि ३१ चैतसम्म पहिलो डोज लिएकालाई ७ जेठमा दोस्रो डोज दिइनेछ ।

त्यसैगरि, १ देखि ४ वैशाखसम्म पहिलो डोज लिएकालाई ९ जेठमा, ५ देखि ९ वैशाखसम्म पहिलो डोज लिएकालाई १० जेठमा, १० देखि १३ जेठसम्म पहिलो डोज लिएकालाई ११ जेठमा, १४ वैशाखमा पहिलो डोज लिएकालाई १२ जेठ र १५ वैशाखमा पहिलो डोज लिएकालाई १३ जेठमा दोस्रो खोप दिइनेछ ।

त्यसका लागि महानगरले प्रत्येक वडामा एक–एक खोप केन्द्र तोकेको छ । सरकारले १८ देखि ५९ वर्ष उमेर समूहका नागरिकलाई खोप दिएको थियो । बिहान १० देखि अपराह्न ४ बजेसम्म खोप लगाइन्छ । खोप लगाउनका लागि पहिलो डोज खोप लगाएको कार्ड र परिचय खुल्ने परिचयपत्र अनिर्वाय ल्याउनुपर्नेछ । त्यसैगरि काठमाडौं महानगरपालिकाले पनि भोलि देखि चिनियाँ खोप ‘भेरोसेल’ लगाउन थालेको छ । खोप महानगरका वडामा लगाइनेछ । बिहान १० बजेदेखि ४ बजेसम्म खोप लगाइनेछ ।

प्रतिक्रिया