प्रभु इन्स्योरेन्सको सेयर मुल्य समायोजन

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडको शेयरमूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले कम्पनीले प्रस्ताव गरेको १० प्रतिशत बोनश शेयर प्रयोजनका लागि मूल्य समायोजन गरेको हो । नेप्सेले कम्पनीको गत बिहीवार कायम अन्तिम शेयरमूल्य ९ सय ७२ को आधारमा मूल्य समायोजन गरी बोनसपछिको मूल्य ८ सय ८४ तोकेको हो ।

कम्पनीले यो वर्ष १० प्रतिशत बोनससँगै शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । प्रस्तावित लाभांश सहित विविध प्रस्ताव पारितका लागि कम्पनीले जेठ ६ मा २५औं वार्षिक साधारण सभा आव्हान गरेको छ । कोभिडको जोखिमलाई ध्यानमा राखी कम्पनीले सभा भर्चुअल माध्यमबाट गर्ने तयारी गरेको छ । सभा प्रयोजनका लागि कम्पनीले बैशाख २६ देखि सभा हुने दिनसम्म बुक क्लोज गरेकाले नेप्सेले बोनस पछिको मूल्य तोकेको हो । हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ५ करोड ६२ लाख ७५ हजार रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले लाभांश वितरण गर्न लागेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया