सिटिजन लाइफको जीवन बीमा कोषमा वृद्धि

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आ.व. २०७७/०७८ को तेश्रो त्रैमासिक अवधिमा १ सय ३८ प्रतिशतले जीवन बीमा कोष बृद्धि गरेको छ । गत वर्षको चैत मसान्तमा कम्पनीको जीवन बीमा कोष १ अर्व २६ करोड ४९ लाख रुपैया रहेकोमा चैत्र मसान्तमा यो रकम ३ अर्व १ करोड ११ लाखपुगेको छ । यसका साथै कम्पनीले गत वर्षको चैत मसान्तसम्ममा कुल बीमा शुल्क १ अर्व १८ करोड ५३ संकलन गरेकोमा चालु आबको सोही अवधिमा २ अर्व ४८ करोड ७४ लाख रुपैया संकलन गरेको पनि जनाएको छ ।

यो अवधिमा बीमा शुल्क आर्जनमा १ सय १० प्रतिशतले प्रतिशतले बढेको छ । कम्पनीले जगेडा तथा कोषको आकार ५० करोड ८ लाखबाट ६४ प्रतिशतले बढाएर ८३ करोड २० लाखको उचाईमा पु¥याएको छ । कम्पनीले लगानी र बीमा लेखको धितो तथा र अन्यकर्जाबाट प्राप्त हुने आयमा ५५ प्रतिशतको वृद्धि गरी ३७ करोड २ लाख रुपैया पु¥याएको छ ।

कम्पनीले चैत मसान्तसम्ममा १४ करोड ५७ लाख खुद नाफा आर्जन गरेको छ । जीवन बीमा व्यवसायमा लगानीको अवधिले कम्पनीको आयमा प्रत्यक्ष प्रभाव पार्ने भएकोले कम्पनीले दीर्घकालीन लगानी तथा कर्जालाई प्राथमिकता दिई कुल लगानी तथा कर्जा रकम ५ अर्व ४० करोड ७१ लाख मध्ये करिब ७५ दशमलब २८ प्रतिशतले विभिन्न बैंक तथा वित्तीय संस्थाको दीर्घकालीन अवधिको ऋणपत्र तथा मुद्धती निक्षेपमा लगानी गर्न सफल भएको पनि विज्ञप्ति मार्फत दाबी गरेको छ ।

प्रतिक्रिया