कोरोना संक्रमित त्रिपुरासुन्दरी नगरपालिकाका मेयरको मृत्यु

डोल्पा । जिल्लाको त्रिपुरा सुन्दरी नगरपालिकाका मेयर ओमबहादुर बुढाको कोरोना संक्रमणका कारण निधन भएको छ । उनको काठमाडौंमा निधन भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पितृभक्त गिरीले पुष्टि गरे ।

‘नगरप्रमुखको निधन भएको खबर सत्य हो । तर, के कारणले निधन भयो भन्ने पुष्टि भएको छैन’ उनले भने, ‘उहाँ (नगरप्रमुख) लामो समयदेखि सुगर र प्रेसरको बिरामी हुनुहुन्थ्यो ।’ मेयर बुढाकी पत्नी बद्मी क्वारी बोहोरा नेकपा एमालेबाट कर्णाली प्रदेशसभा सदस्य छिन् ।

प्रतिक्रिया