खोजखबर

विरामीलाई झापाको निजी अस्पताल पठाइदैं

अधिकांश सहरमा भेन्टिलेटरको अभाव

सौर्य अनलाइन २०७८ वैशाख २५ गते ६:०५ मा प्रकाशित

काठमाडौं । कोरोना भाइरसको संक्रमण तिब्र हुँदै गएपछि देशका अधिकांश सहरमा भेन्टिलेटर र अक्सिजनको चरम अभाव भएको छ । हुनेखानेहरू विरामीलाई एयर लिफ्टिङ गरेर झापा बिर्तामोडस्थित बिएण्डसी अस्पताल पु¥याइरहेका छन् । शुक्रबार एकैदिन देशका विभिन्न स्थानबाट कोभिड–१९ का दुई जटिल बिरामीलाई थप उपचारार्थ पुर्याइएको छ । भेन्टिलेटर सहित आइसियूको चरम अभाव भएपछि दाङ र पर्साका संक्रमितलाई ‘हवाई बेड लिफ्ट’ गरी बिएण्डसी अस्पतालमा लगिएको हो । काठमाडौँको एक नीजि अस्पतालमा उपचाररत संक्रमितलाई पनि बिएण्डसी लैजाने तयारी भइरहेको बताइएको छ । उत्कृष्ट भौतिक पूर्वाधार, दक्ष स्वास्थ्यकर्मी तथा अन्तरराष्ट्रिय गुणस्तरको मापदण्ड अनुसारका प्रयोगशाला भएकाले सो अस्पताल अब्बल दाबि गरिएको छ । अस्पतालमा कोरोनाका जटिल बिरामीलाई थप उपचार गर्न अत्याधुनिक भेन्टिलेटर सहित आइसियू श्यया अलग्गै छ ।

बिएण्डसी र पूर्वाञ्चल क्यान्सर अस्पतालसँग हाल ६५ भेन्टिलेटर सहित आइसियू श्यया छ । तीमध्ये २५ भेन्टिलेटर सहित आइसियू श्यया कोभिडका बिरामीलाई छुट्याएको र बिरामीको आवश्यकता अनुसार थप गर्दै जाने बताइएको छ । अस्पतालका सूचना तथा जनसम्पर्क अधिकृत प्रमिश गिरीले दिएको जानकारी अनुसार दाङको राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विगत नौदिनदेखि उपचाररत् ४५ वर्षीय पेमा योगी र वीरगञ्जस्थित अली अस्पतालमा उपचाररत् २९ वर्षीय हरि पौड्यालाई ‘हवाई बेड लिफ्ट’ गरी बिएण्डसी अस्पतालमा लगिएको हो । ती बिरामीका आफन्तले ती अस्पतालमा भेन्टिलेटरको अभाव भएपछि ‘हवाई बेड लिफ्ट’ गरेका बताइएको छ । सोही अस्पतालमा यही वैशाख १५ र २० गते काठमाडौँस्थित ह्याम्स र मनमोहन अस्पतालमा उपचारार्थ दुई संक्रमितलाई थप उपचारार्थ ‘हवाई बेड सिफ्ट’ गरिएको थियो । ती बिरामीका आफन्तले भेन्टिलेटर सहितको आइसियू श्यया नपाएपछि बिएण्डसी लगेका थिए । अहिले ती बिरामीको स्वास्थ्यावस्था सन्तोषजनक रहेको चिकित्सकले जनाएका छन् । जनसम्पर्क अधिकृत गिरीले भने , ‘भेन्टिलेटर सहित आइसियूका लागि देशभरबाट बिएण्डसीमा सम्पर्क गर्नेक्रम बढ्दो छ । हामी गुणस्तरीय सेवादिन प्रतिवद्ध छौँ ।’

उनका अनुसार अस्पतालले कोभिड र अन्य बिरामीलाई उपचार गर्न अलग अलग भेन्टिलेटर सहित आइसियू श्ययाको ब्लग सञ्चालनमा ल्याएको छ । विशेष गरी कोभिडका बिरामीलाई क्रिटिकल केयर र एनेस्थेसियाका वरिष्ठ चिकित्सक राजु श्रेष्ठ, फिजिसियन चिकित्सकद्वय लक्ष्मण ठाकुर र करण पोखरेल लगायतले सेवा प्रदान गरिरहेका छन् । प्रस्तावित बिएण्डसी मेडिकल कलेजका कार्यकारी निर्देशक दूर्गा प्रसाईँले कोरोना संक्रमितका उपचारमा बिएण्डसी अस्पतालले उच्च प्राथमिताका साथ सेवा प्रदान गरिरहेको जानकारी दिए । उनले राज्यलाई आवश्यक परेमा कोरोनाका बिरामीलाई अस्पतालमा भएका सबै श्यया र भेन्टिलेटर सहितका आइसियू श्यया उपचार सेवामा लगाउन आफू तयार रहेको बताए । उनले भने , ‘विपद्का समयमा राज्यले के दियो र के गर्यो भन्दा पनि राज्यलाई के सहयोग गर्न सकिन्छ मुख्य कुरा हो , यस्तो अवस्थामा म टुलुटुलु हेरेर बस्न सक्दिन , आफूसँग भएका श्रोत र साधन प्रदान गर्न तयार छु ।’

पूर्वाञ्चल क्यान्सर अस्पताल र बिएण्डसी अस्पताल गरी कूल ९०० श्यया छ । अस्पतालमा दैनिक एक हजार ३०० भन्दाबढी बिरामीले अन्तरङ्ग तथा बहिरङ्ग सेवा, ३० देखि ४० शल्यक्रिया,  ६०/७० संख्यामा सिटीस्क्यान तथा ४० भन्दाबढी एमआरआई हुने गर्दछ । पूर्वक्षेत्रबाट उपचारका लागि भारत तथा काठमाडौँ जानुपर्ने अवस्था लगभग अन्त्य भई ती दुवै अस्पताल ‘रिफरल हस्पिटल’ बनेको छ । अस्पतालले पछिल्लो समय मुटु तथा मिर्गौला प्रत्यारोपणको तयारी गर्दैछ । कार्यकारी निर्देशक प्रसाईँले भने ‘हामी एमबिबिएस तहमा ३०० विद्यार्थी पढाउने क्षमतामा छौँ । एमडी÷एमएससमेत पढाउन सक्छौँ ।’ कलेजले सम्बन्धन पाउने वित्तिकै एकहजार ५०० स्थानीयबासीले रोजगारी र सरकारले ५० करोड भन्दा बार्षिक राजश्व समेत पाउने जनाइएको छ

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय