विदुर । नुवाकोट, विदुर नगरपालिका–२ का वडा सदस्य राधाकृष्ण भण्डारीको गए राति मस्तिष्कघातका कारण मृत्यु भएको छ । ५० वर्षीय भण्डारी लामो समयदेखि उच्च रक्तचापबाट पीडित थिए ।
बिहीबार राति करीब ९ बजे रक्तचाप बढेपछि उनलाई उपचारका लागि काठमाडौंं लगिएको थियो । भण्डारीका उपचारका लागि न्युरो अस्पताल पुर्याउनासाथ मृत्यु भएको जानकारी अस्पतालले परिवारलाई दिएको थियो ।
नेकपा (एमाले) बाट निर्वाचित वडा सदस्य भण्डारीको निधनमा दुःख व्यक्त गर्दै नगरप्रमुख सञ्जु पण्डितले नगरले एक असल जनप्रतिनिधि गुमाएको बताइन् । उनको निधनमा शोकव्यक्त गर्न आज एकदिन नगरपालिकाका १३ वटै वडा कार्यालय बन्द गरिएको थियो ।
प्रतिक्रिया