नगरप्रमुख धामीले आफू चढ्ने गाडी एम्बुलेन्सको रुपमा प्रयोग गर्न दिने

दार्चुला । मुलुकमा बढ्दो कोरोना महाविपतसँगै जनताको स्वास्थलाई मध्यनजर गर्दै दार्चुलाको शैल्यशिखर नगरपालिकाका मेयर अमर सिंह धामीले आफूले चढ्दै गरेको म १ च ७२७ नम्बरको स्कार्पियोलाई एम्बुलेन्सको रुपमा प्रयोग गरिने बताएका छन् ।

देश नै कोरोना ले अस्तब्यस्त भएको बेला नगरप्रमुख धामीले यस्तो घोषणा गरेका हुन् । उनले कोरोना संक्रमित नभएका बिरामीहरुलाई अस्पतालसम्म निःशुल्क प्रयोग गर्न मिल्ने बताएका छन् ।

जिल्लाभरी कोरोना भाइरसको संक्रमण फैलिदो अवस्थामा रहेको, अस्पतालहरुमा भएका एम्बुलेन्स कोरोना संक्रमित बोक्नमा प्रयोग भएपछि कोरोना संक्रमित बाहेकका बिरामी बोक्न एम्बुलेन्स अभाव हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै आफूले चढ्दै आएको नगरपालिकाको स्कारपियोलाई एम्बुलेन्स प्रयोजनका लागि प्रयोग गर्ने घोषणा गरे ।

नगरपालिकाभित्र कसैलाई अफ्ट्यारो परेमा गाडी तम्तयार अवस्थामा राखिएको र समस्या पर्ने बित्तिकै फोन गर्न मेयर धामीले आग्रह गरेका छन् । नगर प्रमुख धामी भन्छन्, ‘हामी जनताका निर्वाचन जनप्रतिनिधि हौँ, हामीले जनताको सुरक्षाको ग्यारेन्टी लिनुपर्छ ।’ यदि कसैलाई समस्या परे आफू सहयोग गर्ने पनि उनले बताए ।

प्रतिक्रिया