कतार एयरवेजको कार्गो उडान

काठमाडौ । कतार एयरवेजको कार्गो बोइङ ७७७ मालवाहक विमान कोभिड–१९ का ३ सय टन स्वास्थ्य सामग्री बोकी भारतको लागि प्रस्थान गरेको छ । कतार एयरवेजको ३ वटा उडान कतार एयरवेज कार्गो वोकेर बैगलोर, मुम्बई र नयाँ दिल्लीको लागि प्रस्थान गरेका हो । कतार एयरवेज समूहका प्रमुख कार्यकारी अधिकृत अकबर अल बेकरले कोभिड–१९ संक्रमणको दोश्रो लहरले भारतका व्यक्तिहरूमा परेको प्रभावले सबैलाई स्तब्ध बनाएको र सोही परिस्थितिमा भारतका साहसी स्वास्थ्य सेवाकर्मीलाई सहयोग पु¥याउने विश्वव्यापी प्रयासमा सहभागी हुनुपर्दछ भन्ने सोचले अघि बढेको बताएको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया