काठमाडौं । कोरोनाबाट बाँकेको भेरी अस्पतालमा उपचाररत एक २० वर्षीया स्टाफ नर्सको मृत्यु भएको छ । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत २० वर्षीया स्टाफ नर्सको आज बिहान मृत्यु भएको भेरी अस्पतालका मेसु डा. प्रकाशबहादुर थापाले जानकारी दिए ।
मृतक ती नर्सलाई कोरोना संक्रमण पुष्टि भएपछि ६ दिनअघि भेरी अस्पतालमा भर्ना गरिएको उनले बताए । थापाका अनुसार उनको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि ३–४ दिनदेखि भेन्टिलेटरमा उपचार भइरहेको थियो ।
प्रतिक्रिया