मकवानपुरका पत्रकारलाई कोरोना बीमाको रकम

वाग्मती । मकवानपुर जिल्लामा क्रियाशील रही यस अगावै कोरोना संक्रमित भएका सात पत्रकारले कोरोना बीमाबापतको रकम पाएका छन् । नयाँवर्ष २०७८ को अवसरमा नेपाल पत्रकार महासंघ मकवानपुर शाखाद्वारा आज आयोजित शुभकामना आदानप्रदान कार्यक्रममार्फत कोरोना बीमाबापतको रु एक लाख उनिहरुलाई हस्तान्तरण गरिएको हो ।

सो रकम पाउनेमा पत्रकार महासंघ मकवानपुरका निवर्तमान अध्यक्ष हरि हुमागाई, सचिव गणेश दर्पण अधिकारी, महासंघ पूर्वसदस्य सुजन विडारी, केन्द्रीय पार्षद राजन दाहाल (खुशराज), महासंघ सदस्य जीवराज बख्रेल, अनिष लुइँटेल र सहनशीला ढकाल छन् । उनिहरु अघिल्लो वर्ष कोरोना संक्रमित भएका थिए ।

यसै क्रममा महासंघ मकवानपुरका केन्द्रीय पार्षद राजन दाहाल (खुशराज) ले कोरोना बीमाबापत पाएको रकमबाट रु १० हजार पत्रकार पेन्सन कोषमा सहयोग गरेका छन् । साथै महासंघ मकवानपुरले नयाँवर्षको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजन गरेको छ ।

प्रतिक्रिया