काठमाडौं । लोकदोहोरी गायक मोहन खड्का र गायिका रेखा विश्वकर्माको आवाजमा रहेको गीत ‘माया के हो’ भिडियो सार्वजनिक भएको छ । उक्त भिडियो धर्खरै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
दिलिप कुमार धामीको र ऐमन विश्वकर्माको संगीत उक्त गीतमा रहेको छ भने विश्वास नेपालले संगीत संयोजन गरेका छन् । त्यस्तै, गीतको भिडियोमा मोडल सुरज रेग्मी र गीता कुवँरले अभिनय गरेका छन् । माया प्रेमका विषयमा आधारीत गीतको भिडियोमा सुरज र गीता एक नमुना जोडीको रुपमा देखिएका छन् ।
मालाश्री स्टुडियोमा रेकर्ड गरिएको गीतको भिडियोलाई निशान एसकेले निर्देशन गरेका छन् भने दिपक गिरीको छायांकन तथा अमृत चापागाइँको सम्पादन रहेको छ । मेशना म्युजिकको युट्युब च्यानलमार्फत उक्त भिडियो सार्वजनिक गरिएको छ ।
प्रतिक्रिया