काठमाडौं । लोकदोहोरी गायिका पूर्णकला बिसी र गायक खुमबहादुर चन्दको आवाजमा मर्मस्पर्शी गीत ‘अझै जल्न देउ’ सार्वजनिक भएको छ । गायक चन्दले शब्द सिर्जना र संगीत गरेको उक्त गीतमा विनोद बाजुरालीले संगीत संयोजन गरेका हुन् ।
उक्त गीतको भिडियोलाई गायिका पूर्णकला बिसीकै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । त्यस्तै, मालाश्री स्टुडियोमा रेकर्ड गरिएको गीतको भिडियोमा दुर्गा पौडेलले निर्देशन र छायांकन गरेकन छन् भने नवीन घर्ती मगरको सम्पादन रहेको छ ।
यसैगरी, मोडल टिका जैसी, धन केपी र संगम विष्टले उक्त भिडियोमा अभिनय गरेका छन् । माया प्रेममा हुने मिलन र बिछोडका पीडालगायत विभिन्न प्रसंगलाई गीतको शब्दमा समावेश गरिएको छ । हजारौँ गीत गाएर लाखौँ दर्शक स्रोतामाझ लोकप्रिय बनेकी गायिका बिसीले यस गीतको भिडियो आफ्नै युट्युब च्यानलबाट बजारमा ल्याएको बताइन् ।
गीतको शब्दमा भएका नेपाली मौलिक लोक संस्कृतिको पहिचानसँगै भिडियो पनि सोही अनुसार निर्माण गरिएको बिसीको भनाइ छ । यसभन्दा अगाडिका उनका आवाजमा रहेका दर्जनौँ गीत बजारमा लोकप्रिय छन् ।
प्रतिक्रिया