चैत २३ गते बस्नेगरी प्रतिनिधि सभा बैठक स्थगित

 

काठमाडौं । आगामी चैत २३ गते बस्नेगरी प्रतिनिधि सभाको बैठक स्थगित गरिएको छ । आजको बैठकमा पूर्वमन्त्री एवम् नेपाली कांग्रेसका सांसद नविन्द्रराज जोशी र पूर्व संविधानसभा सदस्य लक्ष्मीदेवी भण्डारीको निधनप्रति शोक प्रस्ताव पारित गरिएको थियो ।

बुधवार (आज) बसेको प्रतिनिधि सभामा विभिन्न आयोग तथा समितिको वार्षिक प्रतिवेदन पेश गरिएको छ । यसैक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शिवमाया तुम्बाहाङ्फेले दुई आयोगको प्रतिवेदन पेश गरेकी छिन् ।

उनले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्तीय आयोगको २०७६/७७ को वार्षिक प्रतिवेदन र राष्ट्रिय समावेशी आयोगको २०७६/७७ को वार्षिक प्रतिवेदन पेश गरेकी हुन् ।

त्यस्तै प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिको वार्षिक प्रतिवेदन पेश भएको छ । समिति सभापति कल्याणी कुमारी खड्काले समितिको वार्षिक प्रतिवेदन पेश गरेकी हुन् । चैत २३ गते सोमवार दिउँसो १ बजे बैठक बस्ने सभामुख अग्निप्रसाद सापकोटाले जानकारी गराएका छन् ।

प्रतिक्रिया