खोजखबर

माधव नेपाल निकट युवासंघकाे कार्यालय उद्घाटन

सौर्य अनलाइन २०७७ चैत १८ गते १३:३९ मा प्रकाशित

काठमाडौं । माधव नेपाल र झलनाथ खनाल नेतृत्वको नेकपा (एमाले) निकट युवा संघ कार्यालयको औपचारिक उद्घाटन भएको छ । युवा संघले बबरमहलमा आयोजित विशेष कार्यक्रमबीच वरिष्ठ नेता माधव नेपालले कार्यालय भवनको औपचारिक रूपमा उद्घाटन गरे ।

देशमा विकसित राजनितिक घटनाक्रमले युवा आन्दोलनलाई पुनर्गठित गर्नुपर्ने आवश्यकता देखिएको छ भन्दै नेता नेपालले युवाहरू संगठीत हुनुपर्ने बताए । नेता नेपालले आफूहरु एकतावद्ध कम्युनिष्ट पार्टीको पक्षमा रहेको बताए । अध्यक्ष केपी शर्मा ओलीले कारवाही गरेपछि माधव झलनाथ समूहले समानान्तर संगठन गर्ने जनाएको छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय