अब एमालेको केन्द्रीय कार्यालय थापाथलीमा

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कार्यालय आउँदो वैशाख १ गतेदेखि नयाँ भवनमा सर्ने भएको छ । एमाले कार्यालय थापाथली सर्न लागेको हो । थापाथलीस्थित सञ्जय अग्रवालको घर एमाले पार्टी कार्यालयको लागि लिजमा लिइएको छ । पौने चार रोपनी क्षेत्रफलमा फैलिएको स्थानमा कार्यालय भवनसहित पार्किङस्थलसमेत रहेको छ ।

पाँच वर्षको लागि उक्त स्थान भाडामा लिनेसम्बन्धी सम्झौता भएको प्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक सल्लाहकार मोती दुगडले जानकारी दिए । पार्टी अध्यक्ष ओलीले आज नयाँ कार्यालय भवनको निरीक्षणसमेत गरेका थिए ।

प्रतिक्रिया