थापाथली हाइटस्थित नयाँ पार्टी कार्यालय अनुगमन गदै प्रधानमन्त्री ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) पार्टी कार्यालय धुम्बाराहीबाट थापाथली सर्ने भएको छ । थापाथली हाइटस्थित सञ्जय अग्रवालको घरमा पार्टी कार्यालय सर्न लागेको हो। अग्रवालको घर भाडामा लिने विषयमा आज सम्झौता हुन लागेको छ।

घरधनी अग्रवालका अनुसार साढे २ तलाको उक्त घरमा १३ कोठा छन्। यसअघि उक्त घरमा संयुक्त राष्ट्रसंघ युएन वुमनको कार्यालय थियो। यसैबीच प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली नयाँ पार्टी कार्यालयको अनुगमनका लागि जाँदैछन्।

प्रतिक्रिया