सिप्रदीको निशुल्क अटो इलेक्ट्रिसियन तालिम

काठमाडौ । सिप्रदी ट्रेडिङले ६ महिने निःशुल्क अटो इलेक्ट्रिसियन तालिम दिने भएको छ । यसका लागि योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट दरखास्त आह्वान गरिएको छ । जसमा १८ वर्ष पूरा भई २५ वर्ष ननाघेका १० जना अटोमोबाईल विषयमा टिएसएलसी पास वा १० कक्षा पास गरी राष्ट्रिय सीप परीक्षण समितिबाट अटोमोबाईल विषयमा लेभल १ पास गरेको हुनु पर्नेछ ।

दरखास्त बुझाउने अन्तिम मिति १८ चैतसम्म रहेको छ । दरखास्त बुझाउने स्थान सिप्रदीको केन्द्रीय कार्यालय तथा शाखा कार्यालयहरु रहेको सिप्रदीले जानकारी दिएको छ । यो तालिममा काठमाडौँ उपत्यका बाहिरका स्थानहरु नेपालगञ्ज, महेन्द्रनगर, दाङ्ग, सुर्खेत, इटहरी, विर्तामोड, हेटौडा, विरगञ्ज, त्रिशुलीका प्रशिक्षार्थीहरुलाई विशेष प्राथमिकता दिइनेछ । तालिम सिप्रदीको तालिम केन्द्र, चन्द्रागिरी, काठमाडौँमा हुनेछ । तालिममा भत्ताको सुविधा पनि हुनेछ । साथै सफल प्रशिक्षार्थीलाई विभिन्न वर्कशपमा रोजगारीको अवसर दिने कम्पनीको भनाइ छ ।

प्रतिक्रिया