कोलोराडो गोलीकाण्ड : एक प्रहरी सहित दशजनाको निधन

बीबीसी । अमेरिकामा कोलोराडो राज्यको बोल्डर शहरमा भएको एक गोलीकाण्डमा एक प्रहरी अधिकारीसहित दशजनाले ज्यान गुमाएका छन्। एक बन्दुकधारीले स्थानीय सुपरमार्केटमा जथाभावी गोली चलाएका थिए।

मानिसहरूले जोगिन भागाभाग गर्नुपरेको बताएका छन्। माथिबाट खिचिएको दृश्यमा खुट्टा रगतपच्छे भएका एक व्यक्तिलाई प्रहरीले हत्कडी लगाएर लगिरहेको देखिन्छ। प्रेस सम्मेलनमा बोल्दै बोल्डरका प्रहरी प्रमुख म्यारिस हेरोल्डले एकजना सन्दिग्ध व्यक्ति हिरासतमा लिइएको र उनको अस्पतालमा उपचार भइरहेको बताएका छन्।

उक्त घटना स्थानीय समय दिउँसोको साढे दुई बजेतिर भएको थियो जब उक्त सन्दिग्ध व्यक्तिले किङ् सुपर्स भनिने किनमेल केन्द्रमा पसेर गोली चलाए। सो घटनालाई प्रत्यक्षदर्शीहरूले सामाजिक सञ्जालमा प्रत्यक्ष लाइभ स्ट्रिमिङ् गरेका थिए। गत महिना राष्ट्रपति जो बाइडनले हतियार खरिद गर्न चाहनेहरूको पृष्ठभूमिबारे कडाइपूर्वक जाँच गर्नेगरी कानुन ल्याउन सिफारिस गर्ने बताएका थिए।

प्रतिक्रिया