खोजखबर

प्रदेश २ मा कोरोना संक्रमणको त्रास

सौर्य अनलाइन २०७७ चैत ९ गते १०:४१ मा प्रकाशित

काठमाडौं । झन्डै एक वर्षपछि सीमानाका पूर्णरूपमा खुलेपछि प्रदेश २ मा कोरोना संक्रमणको त्रास बढेको छ । भारतका विभिन्न राज्यमा संक्रमित बढिरहेको बेला सीमामा सतर्कता नअपनाउँदा जोखिम बढेको हो । खुला सीमामा कारण कोरोना संक्रमण फेरि नेपाल भित्रिन सक्ने देखिएको छ । कोभिड १९ व्यवस्थापन केन्द्रको बैठकले भारतसँगका नाका खुला गर्ने सिफारिस गरे पनि चिकित्सकले सीमामा सतर्कता अपनाउन सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।

छिमेकी मुलुकको स्थितिलाई हेरेर स्वास्थ्य सुरक्षा सतर्कताका उपाय अबलम्बन गर्नेसँगै सीमा क्षेत्रमा हुने आवागमनलाई व्यवस्थित बनाउन स्वास्थ्य निर्देशनालय प्रदेश २ ले तयारी थालेको छ । त्यस्तै प्रदेश २ का ८ वटै जिल्लामा नाकामा कडाइ गर्नका लागि मौखिक तथा लिखित जानकारी गराउने तयारी थालिसकेको निर्देशनानलयले जानकारी दिएको छ ।

यता, नाकामा कडाई गरेपनि चोर बाटो प्रयोग गरेर भित्रिन सक्ने सम्भावना पनि रहेको छ । प्रदेशमा हाल सम्म १७ हजार २१३ जना संक्रमित भेटिएका छन् । उनीहरुमध्ये २०९ जनाको मृत्यु भएको छ । १६ हजार ९ सय ८४ जना निको भएका छन् ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय