रंग‍-विविध

गीतको भिडियोमार्फत ‘गिनिज वर्ल्ड रेकर्ड’

सौर्य अनलाइन २०७७ चैत ८ गते १७:२१ मा प्रकाशित

काठमाडौं । विश्वको नम्बर एक मान्यता प्राप्त विश्व कीर्तिमान ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ मा नेपालको तर्फबाट एउटा कीर्तिमान थप्न सफल भएको छ । नेपालको जस्तो सानो देश अनि त्यहीमाथि पनि सानो म्युजिक उद्योगका कलाकारहरुले विश्वको सर्वाधिक उचाईमा अडियो रेकर्ड तथा भिडियो छायांकन गरि नेपाललाई विश्वमा नै प्रतिनिधित्व गर्ने साहासिक कार्य गर्न सफल भएको हो ।

गीत संगीतको दुनियामा नेपाली साहासीक कलाकारहरुको टोलिले एउटा छुट्टै नयाँ आयाम थपेका छन् । कोरोना महामारिले विश्वको जनजीवन मात्र नभै सबै क्षेत्रका उद्योगहरु बन्दा हुने अवस्थामा पनि नेपाली कलाकारहरुले नेपाली गीत संगीतसँग नजिक रहेर एउटा साहासिक र ऐतिहासिक काम सम्पन्न गरेका छन ।

दैनिक जसो गीत रेकर्ड गर्न व्यस्त स्टुडियोहरु अहिले बन्द जस्तै रहेको बेला सोलुखुम्बु जिल्लाको हिमाली क्षेत्र गोक्योमा कलाकारहरु बाद्यबादन र रेकर्डिङका लागि आवस्यक उपकरणसहित पुगेर लाईभ बाजा बजाएर सोही ठाउँमा अडियो रेकर्ड तथा भिडियो छायांकन सम्पन्न गरि गोक्यो रि नामक म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।

भिडियो गायिका तथा मोडेल बबिना किराँतीको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । झट्ट सुन्दा असम्भव जस्तो लाग्न सक्छ, तर कलाकारहरुले यसलाई ४८१३ मिटर उचाईमा अडियो तथा भिडियो छायांकन गरि सम्भव बनाएका छन् । उक्त गोक्यो रि गीतमा अहिलेका चर्चित गायिका बबिना किराँतीको स्वर, बहु प्रतिभाशाली गायक तथा संगीतकार बिक्रम राईको संगीत, मिलन किराँतीको शब्द, फनिन्द्र राईको संगीत संयोजन रहेको छ भने वरिष्ठ साउन्ड ईन्जिनियर छिरिङ भोटेले अडियो रेकर्ड गरेका हुन् ।

भिडियो निर्देशन दुर्लभ जन्तरे (बुद्धि राज राई) ले गरेका हुन् भने भिडियोमा मोडल तथा गायिका समेत रहेकी बबिना किराँती, मोडल अनिश सिंजाली मगर र १० वर्षिय बाल कलाकार रायल राईलाई देख्न सकिने छ । भिडियो छायांकन तथा सम्पादन ईसाक जबेगुले गरेका हुन् भने क्यामेरा सहयोगिको रुपमा दुर्गा प्रसाद राई रहेका थिए । यस्तै लाईभ बाद्यबाधनमा गिटारिस्ट राजिब बैजु, मादल बिक्रम राई, बाँसुरी पावल राई तथा अक्टाप्याडमा बिक्रम गुरुङ रहेका छन ।

गोक्यो रि नामक उक्त भिडियो निर्माता पर्यटन व्यवसायी सन्च बहादुर राई, मिडिया व्यावसायी तथा सिनेमाटोग्राफी राजन खरेल, बाँसुरी वादक पावल राई र पर्यटन व्यावसायी तथा समाजसेवी लक्ष्मण कार्की रहेका छन् । यो सम्पुर्ण प्रोजेक्टको निर्देशक तथा सहजीकरण भने गिनिज बुक अफ वर्ड रेकर्ड होल्डर पुष्कर नेपालले गरेका थिए । उक्त गीतको अडियो भिडियो सम्पन्न गर्न २० लाखभन्दा माथि लागत लागेको पनि निर्माता राजन खरेल जानकारी दिए ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय