सिन्धुलीमा जिप दुर्घटना ४ को मृत्यु, ७ जना घाइते

काठमाडौं । सिन्धुलीमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । जिल्ला सदरमुकामबाट कमलामाई नगरपालिका ७ स्थित बाँसकटेरीतर्फ गइरहेको बा १७ च १११७ जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु र ७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रवक्ता मनोज लामाले इकागजलाई जानकारी दिए ।

मृत्यु हुनेमा कमलामाई ७ का ६५ वर्षीय रुद्रबहादुर थापा, १९ वर्षी दुर्गा श्रेष्ठ, उनै दुर्गाका दुई वर्षका छोरा मनिष श्रेष्ठ र १८ वर्षीय रिता यसमाली रहेको जिल्ला प्रहरी प्रवक्ता लामाले जानकारी दिए । घाइते दुई जनालाई थप उपचारका लागि धुलिखेल अस्पताल रिफर गरिएको र बाँकीको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको उनले बताए ।

प्रतिक्रिया