काठमाडौँ । आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित आइएमई पे मोडल हन्ट नेपाल सिजन ६ को भोटिङ पार्टनर बन्ने भएको छ । गत १३ फेब्रुअरीबाट शुरु भइ भएको उक्त प्रतियोगिता मार्च २७ मा ग्राण्ड फिनाले भइ समापन हुनेछ । प्रतियोगितामा सहभागी आफुले इच्छा लाएको प्रतिष्पर्धीलाई आइएमई पे मार्फत भोट गर्न सक्ने पनि विज्ञप्तिमा उल्लेख छ ।
आइएमई पे आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्धित विद्युतीय भुक्तानी सेवा प्रदायक ब्राण्ड हो । झन्डै ३५ हजार एजेण्ट आउटलेट संजाल भएको यसमा आइएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली– २०७२ बमोजिम आइएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने अनुमति प्राप्त गरेको छ । यस्तो अनुमति पाउने आइएमई डिजिटल देशकै पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो ।
प्रतिक्रिया