बादलसहितका मन्त्रीहरुलाई सरकारबाट फिर्ता हुन माओवादी केन्द्रले दियो निर्देशन

काठमाडौं । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहितका सरकरमा आवद्ध भएका मन्त्रीहरुलाई मन्त्रिपरिषदबाट फिर्ता हुन निर्देशन दिएको छ । आज माओवादीको पार्टी कार्यालय पेरिसडाडाँमा बसेको स्थायी कमिटी बैठकले मन्त्रिपरिषदबाट फिर्ता हुन निर्देशन दिएको बताइएको छ ।

गृहमन्त्री थापा, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, खानेपानीमन्त्री मणि थापा, सिँचाइमन्त्री प्रभु साह, खेलकुदमन्त्री दावा लामा र श्रम मन्त्री गौरीशंकर चौधरी हालसम्म सरकारमा आवद्ध छन् ।

शुक्रबार एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बादलसहित २३ जनालाई एमालेको केन्द्रीय सदस्य मनोनयन गरेका छन् । बादललाई भने बागमती प्रदेशको इन्चार्जको जिम्मेवारी दिइएको छ ।

ओलीतिर लागेका यी मन्त्रीहरुलाई २४ घण्टाभित्र स्पष्टीकरण माग गरिएको छ । बैठकले भोलि (आइतबार) ११ बजे केन्द्रीय कमिटी बैठकसमेत बोलाएको स्रोतले जनाएको छ ।

प्रतिक्रिया