खोजखबर

राजनीतिबाट विश्राम लिएपछि यात्रा संस्मरण लेख्छु : माधव नेपाल

सौर्य अनलाइन २०७७ फागुन २८ गते १८:५५ मा प्रकाशित

काठमाडौं । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राजनीतिबाट विश्राम लिएपछि आफूले यात्रा संस्मरण लेख्ने जानकारी दिएका छन् । मदन लामा (लामाखुले) को यात्रा संस्मरण ‘युरोप यात्राका सम्झनाहरु’ को आज यहाँ लोकार्पण गर्दै उनले आफूले चाहँदा राजनीतिबाट विश्राम लिन नपाएको बताए ।

आफूले विश्राम चाहँदा यस्तो बेलामा भाग्ने भनेर रोकिने गरेको उनको भनाइ थियो । पद नछाड्दा पनि कहिल्यै नछाडेको आरोप लाग्ने उनले बताए । उनले भने, ‘नछाड्दा कहिल्यै छाड्ने भन्ने र छाड्न लाग्दा भाग्यो भन्ने छ ।’ पुस्तकका लेखक राईले आफूले युरोप यात्राका क्रममा देखेका र भोगेका कुरा समेटेर पुस्तक लेखेको जानकारी दिए ।

प्रतिक्रिया