अर्थबजार

घट्यो सुनको मूल्य

सौर्य अनलाइन २०७७ फागुन २८ गते १२:०३ मा प्रकाशित

काठमाडौं । शुक्रबार सुनको मूल्य तोलामा ६०० रुपैयाँ घटेको छ। बिहीबार ८६ हजार ८०० मा कारोबार भएको सुनको मूल्य आज तोलामा ८६ हजार २०० तोकिएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि ६०० रुपैयाँले कमी आएको छ ।

तेजाबी सुन बिहीबार ८६ हजार ३५० मा कारोबार भएको थियो। आज घटेर ८५ हजार ७५० कायम भएको छ । चाँदीको मूल्य तोलामा १५ रुपैयाँ घटेर एक हजार २७० तोकिएको छ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय