प्रचण्ड-नेपाल पक्षको स्थायी कमिटीको बैठक बस्दै

काठमाडौं । प्रचण्ड-माधव नेपाल पक्षको स्थायी कमिटीको बैठक बस्दै छ । पार्टी कार्यालय पेरिसडाँडामा बिहान ११ बजे स्थायी कमिटीको बैठक बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । उनले भने, ‘सर्वोच्च अदालतको नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को बारेमा गरेको फैसलाको समग्र पक्ष र हाम्रो नीतिका सम्बन्धमा ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने स्थायी कमिटीको बैठकबाट निर्णय लिइनेछ ।’

सर्वोच्च अदालतले आइतबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दर्ता नै खारेज गरी एकीकरणअघिका एमाले र माओवादी केन्द्रलाई ब्युँताउने आदेश दिएको छ । ऋषि कट्टेल नेतृत्वको नेकपालाई आधिकारिकता दिएपछि एमाले र माओवादी केन्द्रबीचको एकीकरण संकटमा परेको छ।

प्रतिक्रिया