खोजखबर

प्रचण्ड र माधवले भेटे सभामुख

सौर्य अनलाइन २०७७ फागुन २३ गते १२:२० मा प्रकाशित

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव समूहका २ जना अध्यक्षले सभामुख अग्निप्रसाद सापकोटासँग भेटवार्ता गरेका छन् । नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालले आइतबार बिहान सभामुख सापकोटासँग भेटवार्ता गरेका हुन् ।

सभामुख र २ नेताबीच स‌ंघीय संसद सचिवालय सिंहदरबारमै भेटवार्ता भएको जनाइएको छ । आइतबार बिहान नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङको कार्यकक्षमा अध्यक्षद्वय प्रचण्ड र नेपाल तथा वरिष्ठ नेता झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, देव गुरुङ र सुरेन्द्र पाण्डे लगायतबीच छलफल भएको थियो ।

आन्तरिक छलफल पछि अध्यक्षद्वय प्रचण्ड र नेपाल सभामुखलाई भेट्न कार्यकक्षमा गएका थिए । सभामुख र प्रचण्ड–नेपालबीच करिब २० मिनेट कुराकानी भएको संघीय संसद सचिवालयका १ अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय