रामचन्द्र र शान्ति श्रीको आवाजमा ‘लिगलिग कोट’

काठमाडौं । गायक रामचन्द्र गिरी र गायिका शान्ति श्री परियारको युगल आवाजमा लोकदोहोरी गीत ‘लिगलिग कोट’ सार्वजनिक भएको छ । उक्त गीतमा गायक गिरीले आफ्नै शब्द रचना र संगीत भरेका छन् भने निरज थापाको संगीत संयोजन रहेको छ ।

त्यस्तै, गीतको भिडियोमा विशाल बैरागीले निर्देशन गरेका छन् भने हरिश महराको छायांकन तथा विष्णु शर्माले सम्पादन गरेका छन् । उक्त भिडियोमा मोडल रन्जिता गुरुङ, रिया खड्का, रोशन नेपाली, दिनेश थापा लगायतको कलाकारहरुले अभिनय गरेका छन् ।

गोरखामा जन्मिएका गायक गिरीले आफ्नै जिल्लाका महत्वपूर्ण पर्यटकिय स्थान लिगलिग कोट, कालिका दरवार, मनकामना, बारपाकलगायत विभिन्न क्षेत्रलाई शब्दमार्फत उठान गरेर गीत बजारमा ल्याएको बताए ।

प्रतिक्रिया