आजको सहमति देशको समृद्धिसँग जोडिएको छ : विप्लव

काठमाडौं । लामो समयपछि प्रतिबन्धमा परेर हालै फुकुवा भएका नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) आफ्नो समूह र दलबीचको मात्रै नभइ देशको समृद्धिसँग जोडिएको बताएका छन् ।

आज राजधानीस्थित राष्ट्रिय प्रज्ञा भवनमा सरकार र नेपाल कम्युनिष्ट पार्टीबीच सम्पन्न सहमति हस्ताक्षर समारोहलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । साथै, विप्लवले कम्युनिष्ट आन्दोलनको क्रममा मृत्युको मुखमा नपुगेको कोही नेता नभएको स्पष्ट पारे ।

‘जनताको सपना पूरा गर्नका लागि सबैले हातेमालो गर्नुपर्छ, नेपाली जनताको पक्ष आफ्नो नेता कार्यकर्ताले ज्यान दिएका थिए, नेपाली जनताको चाहाना पूरा भएको छैन’, उनले भने, ‘मृत्युको नजिक नपुगेको कम्युनिस्ट नेता पनि छैनन्, सहिद परिवारलाई विश्वास दिलाउनका लागि बलिदान दिन तयार छौँ, तर हामी हाम्रो प्रतिबद्धताबाट भाग्दैनौँ ।’

साथै उनले थपे, ‘नेपाली राजनीतिको नयाँ दिन भयो, त्यसलाई सफल बनाउन तीन बुँदे सहमति कार्यान्वयनमा जोड दिनुपर्छ। देशमा स्थिरता र नेपाली जनताको आकांक्षा र समृद्ध जीवनको चाहाना छ ।’

विप्लवले कम्युनिष्ट आन्दोलनमा लागेर ज्यान गुमाएका, घाइते भएका, अपाङ्गता भएकाहरुलाई सम्झनुपर्ने उनले बताए । त्यस्तै, नेपाली जनताले चाहे अनुसारको अहिलेसम्म कुनै काम नभएको बताए ।

प्रतिक्रिया